यो कोरियामा भएका नेपाली ख्रीष्टीयानहरूको एउटा समुदाय हो, जो परमेश्वरलाई आफ्नै राष्ट्रीय भाषामा आराधना-सँगति गर्न र उहाँको सुसमाचार सारा संसारमा सुनाऊ भन्ने महान् आज्ञा पूरा गर्न अग्रसर छ। यहाँ हामी नेपाली ख्रीष्टीयानहरूले नेपाली ख्रीष्टीयान संस्कृतिको अभ्यास गर्दै प्रभुको आराधना-सेवा गर्न पाउँदछौं। यहाँ भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो काम तथा पढाइको थकानका बाबजूद पनि सँगतिमा भेला भएर एक- अर्कालाई प्रोत्साहन,
सहायता र प्रार्थना गर्नुले प्रभु येशूको साँचो प्रेम देख्न सकिन्छ। कोरियामा ईपीएस कामदारहारूको पूरा काम गर्ने अवधी छोटो भएकाले उहाँहरूको बीचमा सेवा गर्नु चुनौतिपूर्ण छ। तर पनि प्रभुको अनुग्रह, ओन्नुरी सामुदायिक मण्डलीको प्रार्थना, सहायता र प्रेमको कारण ओन्नुरी नेपाली ख्रीष्टीयान समुदाय यस अवस्थामा खडा हुन सकेको छ। तपाईको प्रार्थना हाम्रो लागि अति महत्वपूर्ण छ । दक्षिण कोरियामा तपाईं आत्मिक सेवा-सँगतिको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् ।
उद्देश्य (Purpose)
यस ओन्नुरी नेपाली समुदायका मुख्य उद्देश्यहरू तीन ओटा छन्: •कोरियामा काम, व्यवसाय तथा अध्ययनको सिलसिलामा आउनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, जसले येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर चिन्नुभएको छैन, उहाँहरूलाई येशू ख्रीष्ट नै प्रभु र मुक्तिदाता भनेर चिनाउनु हो। •येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता रूपमा पाइसकेकाहरूलाई नेपाली भाषामा नै सँगति प्रदान गरी पवित्र आत्माको एकतामा परमेश्वरलाई आराधना चढाउँदै आत्मिक रूपमा बढ्नलाई सहायता गर्नु हो। •विभिन्न खाँचो वा अप्ठ्यारोमा परेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रभु येशूको प्रेममा भौतिक, मानसिक तथा आत्मिक सहायता गर्नु हो ।
한국의 네팔 노동자와 다문화 가정을 위해 봉사하고 함께 모여 예배를 드립니다. 네팔 예배는 서빙고, 안산, 화성, 남양주 M센터에서 진행됩니다. 그들이 하나님의 사랑을 받고, 예수님을 구세주로 믿고, 예수 그리스도의 제자로 사는 것을 보는 것이 비전입니다.